आज सोनाम अर्थात ग्याल्बो ल्होसार पर्व तामाङ समुदायले नयाँ वर्षको रुपमा मनाउदैँ छन्। हरेक वर्ष माघ शुक्ल प्रतिपदाको दिन यो पर्व मनाउने गरिन्छ।
मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ। आजैबाट सुँगुर वर्ष पूरा भई मुसा वर्ष शुरु हुँदैछ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीका नामबाट गणना गरिएको छ। सरकारले यो वर्ष सोनाम ल्होसारको अवसरमा देशैभर सार्वजनिक बिदा दिएको छ। विभिन्न प्रदेश र स्थानीय तहले भने ३ दिनसम्म सार्वजनिक बिदा दिएका छन्। अघिल्लो वर्ष सरकारले बिदा कटौती गरेको थियो।