नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहको सचिवालय सदस्य एवं वरिष्ठ नेता झलनाथ खनाल शुक्रबार दिल्ली जाने भएका छन्। आफ्नो स्वास्थ्य उपचारका अपोलो अस्पताल जान लागेका हुन्।
उनी शुक्रबार बिहान साढे ११ बजे नेपाल वायुसेवाको नियमित उडानबाट दिल्ली जान लागेका हुन्। ४ दिन दिल्लीमा रहने नेता खनालले आफ्नो कुनै पनि राजनीतिक भेटघाटको सम्भावना नरहेको जानकारी दिए।
खनाल सोमबार काठमाडौं फर्कने कार्यक्रम छ।