२ वर्षको बालकलाई जिउँदै पानीमा उमालेकी एक महलिालाई २० वर्षको सजाय सुनाइएको छ। समाचार एजेन्सी अनुसार सौतेनी आमाले २ वर्षीय बालकलाई पानीमा हालेर उमालेकी थिइन्।
२ वर्षका सौतेनी छोरासँग चर्को विवाद परेपछि उनले ती बालकसँग बदला लिने निर्णय गरेकी थिइन्। अदालतको दस्तावेजका अनुसार उनले ती बालकलाई २०१८ को अक्टोबर १ का दिन उमालेकी थिइन्।
ती सौतेनी आमाले बाथटबमा उम्लिरहेको पानी खन्याएर त्यही पानीमा बच्चालाई हालिदिएकी थिइन्। जब बच्चा आत्तिएर चिच्याउन थाले त्यसपछि उनले बच्चालाई त्यहाँबाट निकालेर नजिकको अस्पताल लगेकी थिइन् तर २ हप्तापछि बालकको मृत्यु भयो। जोर्डनको अदालतले उनको यो कार्यलाई जघन्य हिंसा ठहर गरी २० वर्षको सजाय सुनाएको हो।