हाल विश्वमा सबैभन्दा प्रसिद्ध खलाडी को हुन्? यस प्रश्नको उत्तरमा धेरै अमेरिकीहरु टम ब्राडी भन्छन्। गत हप्ता मात्र ब्राडीले सातौं पटक सुपर बाउलको उपाधि जिते।
अमेरिकी अन्य खेलाडीहरुको तुलनामा ब्राडी निश्चितरुपमा यस मामिलामा माथि छन्। तर, विश्वव्यापी रुपमा धेरै खेलप्रेमीहरु यस कुरा स्वीकार गर्न तयार छैनन्।
वल्र्डएटलस डट कमका अनुसार फुटबल विश्वमा सबैभन्दा प्रसिद्ध खेल हो। विश्वका अधिकांश मानिसले राष्ट्रिय फुटबल लिग (एनएफएल) भन्दा फुटबललाई फलो गरेको पाइन्छ।
दि हर्डले विश्वका १० प्रसिद्ध खेलाडीहरुको सूचि तयार गरेको छ। उक्त सूचिको शीर्षस्थानमा टम ब्राडी छन् भने दोस्रो र तेस्रो स्थानमा क्रमशः लिब्रोन जेम्स् र टाइगर वुड्स रहेका छन्।
त्यस्तै, चौथो स्थानमा स्टेफ करी, पाँचौं स्थानमा क्रिस्टियानो रोनाल्डो र छेटौंमा लियोनल मेसी रहेका छन्। सातौं स्थानमा आरोन रोडर्स छन् भने आठौंमा सेरेना विलियम्स छिन्। त्यसैगरी फ्लोयड मेवेदर नवौं स्थानमा छन्। उक्त सूचिको दशौं स्थानमा रोजर फेडेरर छन्।
दि हर्डको यस सूचिको विश्वका धेरै मानिसले आलोचना गरिरहेका छन्। खेलप्रेमीहरुले विश्वमा ब्राडीभन्दा मेसी र रोनाल्डो निकै प्रसिद्ध रहेको भन्दै दि हर्डविरुद्ध आक्रोश व्यक्त गरिरहेका छन्।