प्रधानमन्त्री केपी शर्मा ओलीले देशको समृद्धिको यात्रा पूरा गर्न खोज्दा आफूलाई हटाउन खोजिएको बताएका छन्। बुटवल नेकपा लुम्बिनी प्रदेश कमिटीले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलिले देशको समृद्धिको सपना पूरा गर्न नदिने समूहले अहिले सडकमा डम्फु बजाइरहेको बताएका हुन्।
प्रधानमन्त्री ओलीले आफूले देश र पार्टी बनाउन खोज्दा पार्टी छोडेर हिँडेको बताए। आफूलाई सांसद किनबेच गरेर साँठगाँठ गरेर पार्टी फुटाएर पदबाट हटाउन षड्यन्त्र गरिएको उनले बताए।
प्रधानमन्त्री ओलीले तीन वर्षको अवधिमा सरकारले असाधारण विकासका काम अगाडि सारेको उल्लेख गर्दै विकास देख्न नचाहने तत्व अत्तालिएको बताए। आफू प्रधानमन्त्री भएपछि नेपाल विश्वमाझ चिनिन र सुनिन थालेको भन्दै ओलीले राष्ट्र, राष्ट्रियता र स्वाभिमानका सवालमा आफू कसैसामु कहिल्यै नझुक्ने बताए।
उनले संसद्ले काम नै नगर्ने अवस्था आएपछि प्रधानमन्त्रीको विशेषाधिकार प्रयोग गरेर आफूले विघटन गरेको बताए। धारा ७६ ९१० को प्रधानमन्त्रीले ७६९७० बमोजित संसद् विघटन गरेको र यो संविधानसम्मवत भएको उनले दाबी गरे।
संसद पुनस्र्थापना भयो भने कुनै पनि पार्टीको बहुमत नहुने र त्यस्तो बेला अस्थिरता आउने उनले बताए। ओलीले अदालतले देशलाई अस्थिरतातर्फ धकेल्ने गरी निर्णय नगर्नेमा आफू विस्वस्त रहेको बताए।