नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भोलीको विरोध प्रदर्शनमा सहभागि हुन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।
आइतबार विज्ञप्ति जारी गरेर सभापति देउवाले नेता तथा कार्यकर्तालाई प्रदर्शनमा सहभागी हुन आग्रह गरेका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेको विरूद्धमा कांग्रेसले सोमबार ७७ जिल्लामै प्रदर्शन र सभा गर्न लागेको छ। ‘भोलिको प्रदर्शनमा पनि घरघरबाट सहभागिता जनाएर प्रभावकारी रूपले सफल बनाउन म सबैमा अपिल गर्दछु,’ देउवाले भनेका छन्।
देउवा सोमबार बुटवलमा हुने प्रदर्शनमा सहभागी हुँदैछन्।