प्रधानमन्त्री केपी शर्मा ओलीले तीन वर्षको अवधिमा संघीयता र संविधान कार्यान्वयनमा सफलता प्राप्त भएको दावी गरेका छन्।
सोमबार सिंहदरवारमा आयोजित कार्यक्रममा आफ्नो नेतृत्वको सरकारको तीन वर्षे अवधिमा संविधान कार्यान्वयनका लागि नीतिगत व्यवस्था, संस्थागत तथा भौतिक संरचनाका कामहरु पूरा भएको बताए।
उनले विगत तीन वर्षको अवधिमा औसत साढे पाँच प्रतिशतको आर्थिक वृद्धि भएको बताए।
सरकारको तीन वर्षे उपलब्धि पूर्णपाठ हेर्नुहोस्: