दक्षिण कोरियामा कोरोना भाइरस (कोभिड–१९) का संक्रमितहरु पछिल्लो समयमा बढ्न थालेका छन्। यहाँका स्वास्थ्य अधिकारीहरुले यहाँ संक्रमित हुनेहरुको संख्या पछिल्ला हप्ताहरुमा बढ्दै गएको देखिएको बताएका छन्।
प्राप्त समाचारअनुसार गत २४ घण्टामा थप ३४४ जनामा कोरोना भेटिएको बताइएको समाचारमा जनाइएको छ। गएको २४ घन्टामा देखिएको यो संख्या केही दिनयताकै धेरै रहेको बताइएको छ। योसँगै यहाँका संक्रमितहरुको संख्या ८३ हजार ८६९ जना पुगेको बताइएको छ।
यहाँ पछिल्लो हप्ता हरेक दिन कम्तीमा एक सयजना जति संक्रमित थपिएका पनि बताइएको छ। उनीहरुमध्ये अधिकांश विदेशबाट आएका व्यक्तिमा पाइएको पनि सो समाचारमा जनाइएको छ। दक्षिण कोरियामा अहिले नयाँ वर्ष मनाइएको छ। यही नयाँ वर्षको क्रममा दक्षिण कोरियाका धेरै व्यक्तिमा संक्रमण भएको देखिएको छ।
पछिल्लो २४ घन्टामा यहाँ पाँच व्यक्तिको मृत्यु भएको बताइएको छ। यो मृत्युपछि यहाँ कोरोना भाइरसको संक्रमणबाट ज्यान जानेको संख्या १ हजार ५२७ जना पुगेको बताइएको छ। शुरुमा यहाँका संक्रमितहरु बढीजसो चर्चमा गएका व्यक्तिहरुबाट भएका बताइएको थियो। तर पछिल्ला महिनाहरुमा भने यहाँ स्वदेशमा पनि आन्तरिक रुपमा भाइरसका संक्रमितहरु बढेका बताइएको छ।
यहाँ निकै थोरै संख्यामा मात्र संक्रमितहरु थिए। दक्षिण कोरिया सरकारले कोरोना भाइरसको संक्रमणलाई रोक्न विदेशका अरु देशहरुको तुलनामा प्रभावकारी काम गरेको पनि बताइएको थियो। तर प्राप्त समाचार अनुसार दक्षिण कोरियामा पछिल्ला केही महिनायता भने संक्रमितहरुको संख्या बढ्दै गएको देखिएको हो। दक्षिण कोरियाको सरकारका स्वास्थ्य सम्बन्धी अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँका नागरिकको भाइरसका कारण संक्रमितहरु मध्ये १.८२ प्रतिशतको ज्यान गएको बताएका छन्।