जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले ओली सरकारका तीन वर्ष ठूला गफ र शुन्य परिणाममा व्यतित भएको बताएका छन्।
पूर्वप्रधानमन्त्रीसमेत रहेका डा.भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै ओली सरकारका तीन वर्ष ठूला गफ र शून्य प्रगतिमा बितेको टिप्पणी गरेका हुन्।
‘कसैको कार्यकालको मूल्यांकन तत्कालीन राष्ट्रिय आवश्यकता, सम्भावना र तथ्यगत परिणामका आधारमा हुन्छ,’ डा. भट्टराईले भनेका छन्, ‘दुईतिहाइको ओली सरकारका ३ वर्ष ठूला गफ, शून्य परिणाम र अन्त्यमा हारेको खेलाडीले खेलमैदान नै भत्काएर हिँडेको दुःखान्त प्रहसनजस्तो मात्रै रह्यो !’
उनले अगाडि भनेका छन्, ‘देश र जनतामाथि यत्रो विश्वासघात कसैले फेरि नगरोस् !