‘गोल मेसिन’का रुपमा परिचित नेपाली राष्ट्रिय महिला टोलीकी फरवार्ड सावित्रा भण्डारी एक वर्ष मैदान बाहिर रहने भएकी छिन्। घुँडाको गम्भीर चोट बोकेपछि उनी करिब एक वर्ष मैदान उत्रन नसक्ने बताइएको छ।
सावित्रा सोमबार विभागिय टोली नेपाल पुलिस क्लबसँगको खेलमा घाइते भएकी थिइन्। दायाँ घुँडामा चोट लागेपछि बिएन्डबीमा एमआरआई गरेकी उनको रिपोर्ट मंगलबार आएको हो। रिपोर्टको प्रारम्भिक अध्ययनले घुँडाको एन्टेरिएर क्रुसिएट लिगामेन्ट (एसिएल) च्यातिएको र अन्य चोट पनि देखिएको छ।
पुलिसविरुद्ध खेलको ७९ औं मिनेटमा सम्बाले मैदान छाडेकी थिइन्। गोलकिपर अघि बढेको मौकामा बल चिप गर्ने प्रयासमा उनी घाइते बनेकी थिइन्। लिगको १० खेलमा साम्बाले ४३ गोल गरिसकेकी छिन्।