महिला राष्ट्रिय लिग फुटबलको उपाधि विभागिय क्लब एपीएफले जितेको छ। बुधबार भएको खेलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले एक–एक गोलको बराबरी खेलेपछि एपिएफ २ खेल अघि नै उपाधि जितेको हो।
बुधबारको खेलमा आर्मी विजयी भएको खण्डमा उपाधि होड लम्बिने थियो। तर, आमीले पुलिससँग बराबरी खेलेपछि एपीएफलाई त्यसको प्रत्यक्ष फाइदा पुग्यो। आर्मी लिगको उपविजेता बन्ने भएको छ। पुलिस भने अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ।
बरारबीसँगै आर्मीले ११ खेलबाट २६ अंक बटुलेको छ। १० खेल खेलेको एपिएफ ३० अंक जोड्दै च्याम्पियन बनेको हो। पुलिस ११ खेलमा १५ अंकसहित चौथो स्थानमा छ।