बैतडीको दोगडाकेदार गाउँपालिका–७ मा १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न दिनेश भट्टलाई प्रहरीले सार्वजनिक गरेको छ। भागरथी पढ्ने सनातन माध्यमिक विद्यालयको कक्षा ११ मा पढ्ने भट्टको प्रकरणमा संलग्नता पुष्टि भएपछि उनलाई प्रहरीले बुधबार सार्वजनिक गरेको हो।
गएको माघ २१ गते भागरथीको बलात्कार पछि हत्या भएको थियो। त्यसदिन साँझसम्म विद्यालयबाट घर नफर्केपछि उनको खोजी शुरु भएको थियो। त्यसको भोलिपल्ट साँझ उनको शव लवलेकको जंगलमा क्षतविक्षत अवस्थामा भेटिएको थियो।
शव पोष्टमार्टम गर्दा बलात्कारपछि हत्या भएको पुष्टि भएको थियो। तर दिनेशले आफूले हत्या गरेको तर बलात्कार नगरेको प्रहरीलाई बयान दिएका छन्।
भागरथी प्रकरण कञ्चनपुरको निर्मला प्रकरण जस्तो नहोस् भन्दै स्थानीयले शुक्रबारबाट आन्दोलन र प्रदर्शन थाले। त्यही प्रदर्शनको अग्रपङ्तिमा दिनेश पनि सहभागी थिए। प्रकरणको सफल अनुसन्धान गरेको भन्दै स्थानीयवासीले डीआईजी सुवेदी लगायतका अधिकृतहरुलाई फूलमाला लगाइदिएर सम्मानसमेत गरेका छन्।
तर, प्रहरीले अनुसन्धानमा बाधा पर्ने भन्दै सो रिसिइबीबारे अहिले खुलाएको छैन।