नेपाली कांग्रेसको १४ औं महाधिवेशन भदौमा गर्ने प्रस्ताव गरिएको छ। बुधबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा भदौ ७ देखि १० गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव गरिएको हो।
यद्यपि यो मितिमा १०–१५ दिन तलमाथि हुनसक्ने नेताहरुले बताएका छन्। पाँच वर्षमा पनि महाधिवेशन गर्न नसकेपछि कांग्रेसले संविधानअनुसार ६ महिना म्याद थपका लागि केन्द्रीय कमिटी बैठक बोलाएको छ।
बैठकका लागि सानेपा पुगेका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच छलफल भएपनि सहमति हुन सकेको छैन।