अवहेलना मुद्दामा जवाफ दिन प्रधानमन्त्री केपी शर्मा ओली आज सर्वोच्च अदालतमा उपस्थित हुने भएका छन्। बिहिबार ११ बजे प्रधानमन्त्री ओली आफैं सर्वोच्चमा उपस्थित भएर लिखित जवाफ पेस गर्ने भएका हुन्।
वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई बाजे वकिल भनेको र बहसलाई तमासा भनेपछि प्रधानमन्त्रीविरुद्ध अवहेलना मुद्दा दर्ता भएको थियो।
उक्त मुद्दामा गत माघ १५ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रधानमन्त्रीलाई लिखित जवाफ पेस गर्न आदेश दिएको थियो।