प्रहरीले एकवर्ष अघि भएको जापानिज नागरिक लुटपाट घटनामा संलग्न एक महिलालालाई पक्राउ गरेको छ। बौद्धमा मध्यराति एक जापनिज नागरिकलाई कुटपिट गरी लाखौं रुपैयाँ र बहुमूल्य जी–माला चोरी गरिएको थियो।
सोही घटनामा संलग्न मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा काठमाडौं–६, फुलबारी बस्ने ३२ वर्षीया जिना लामा रहेकी छिन्। उनलाई भारतको नयाँ दिल्लीबाट नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ।
त्यस्तै, लामाको सहयोगी काभ्रेको कानपुर कालापानी–५ का रामसिंह तामाङ भन्ने बिहसुर सिंह लामा पनि पक्राउ परेका छन्। सो लुटपाटमा संलग्न संलग्न सेनामा तामाङ, दोर्जे तामाङ, दिनेश कार्की, एकराज तामाङ, आङनिमा शेर्पा, इन्द्रजित तामाङ र कृष्णबहादुर स्याङताङ यसअघि नै प्रहरी नियन्त्रणमा छन्। घटनाबारे थप अनुसन्धानमा जुटेको प्रहरीको भनाइ छ।