इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को अक्सनमा सन्दीप लामिछाने अनसोल्ड भएका छन्। सन्दीपलाई कुनै पनि टोलीले आफ्नो टिममा अनुबन्ध गरेनन्।
सन्दीपलाई दिल्ली क्यापिटल्सले रिलिज गरेको थियो। लामिछानेले यसअघिको ३ सिजन दिल्लीबाट आइपिएल खेलेका थिए।
सन्दीपले आफ्नाे न्यूनतम मूल्य ४० लाख भारू राखेका थिए। अन्तिम समयमा कुनै टोलीले आग्रह गरेमा उनी अक्सनमा पुन: आउन सक्छन्।