पुष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरे। त्यसयता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कै प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री ओलिकाे उक्त कदम असंवैधानिक र अलाेकतान्त्रिक रहेकाे ठहर गर्दै सडक संघर्षलाई निरन्तरता दिइरहेको छ।
३ चरणको आन्दोलन गरिसकेको प्रचण्ड–नेपाल समूहले बिहीबारबाट चौथो चरणको आन्दोलनको थालनी गरेको छ। चौथो चरणको आन्दोलनको पहिलो कार्यक्रम अन्तर्गत यो समूहले मानव साङ्लो बनाएर टुँडिखेल घेरेको छ। उक्त समूहले फागुन १५ सम्मलाई चौथो चरणको आन्दोलन घोषणा गरेको छ।