अर्जेन्टिनाबाट विश्वकप विजेता ओस्कार रुगेरीले बार्सिलोनका कप्तान लियोनल मेसीले क्लब छोड्नुपर्ने बताएका छन्। दुई पटक कोपा अमेरिकाको उपाधि जितिसकेका रुगेरीले मेसीले बार्सिलोना छोड्नुपर्ने आफूलाई लागेको बताएका हुन्।
‘मेसीले क्लब छोड्नुपर्छ। उनी हालसम्म पनि उत्कृष्ट छन् तर, सबै क्लबको नजरमा बार्सिलोनालाई गर्ने आदर घटेको छ,’ एक अन्तरवार्तामा उनले भने, ‘यो सकियो, अब उनी जानुपर्छ। क्लबले उनको लागि धेरै गरेको छ।’
‘बार्सिलोनाले परिवारको सदस्यजस्तो सुआरेजलाई पनि निकालिदियो। सुआरेज गोलकर्ता हुन्,’ उनी भन्छन्, ‘उनलाई निकाल्नु गलत थियो। धेरै खेलाडीहरु अहिले सुआरेज जत्ति उत्कृष्ट छैनन्।’
‘मेसी अहिले अर्जेन्टिना आउन चाहन्छन्। यो परिस्थितिबाट उम्किनु पहिले राष्ट्रिय टिममा आउनको लागि उनले कसैलाई पछि पार्नुपर्छ। मेसीले बार्सिलोनाका लागि आफ्नो सम्मान गुमाएका छन्,’ उनले भने।