नायिका स्वस्तिमा खड्काले दक्षिण भारतीय फिल्ममा अभिनय गर्ने भएकी छिन्। स्वस्तिमाले ‘थिरीमाली’ नामक साउथ इण्डियन फिल्ममा अभिनय गर्ने भएकी हुन्।
उक्त फिल्ममा विविन जर्ज, जोनी एन्टिवनी, धर्मजन वोलगाट्टी, आना रेश्मा लगायतका कलाकारको अभिनय रहनेछ।
नेपालमापनि छायांकन हुने यो फिल्ममा स्वस्तिमाको भूमिका के र कति रहने भन्ने पनि खुलाइएको छैन। त्यस्तै माओत्से गुरुङसहित अन्य केही कलाकारको समेत अभिनय रहने बताइएको छ।
यसअघि पनि स्वस्तिमाले एक अङग्रेजी फिल्ममा अभिनय गर्ने फाइनल भइसकेको छ। उक्त फिल्ममा स्वस्तिमाले भुटानी शरणार्थीको भूमिका निभाउने बताएकी थिइन्।