संसद् विघटनसम्बन्धी मुद्दामा सर्वाेच्च अदालतमा बहस सकिएको छ। विज्ञ समूह (एमिकस क्युरी)का पाँच जनै वकिलहरूको बहस सकिएको हो। शुक्रबार एमिकस क्युरी गीता पाठकले राय दिएपछि संसद् विघटन मुद्दामा बहस सकिएको हो।
बहस सकिएपछि संवैधानिक इजलासको नेतृत्व गरिरहेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले फागुन १० गतेभित्र बहस नोट दिन यस रिटमा पक्ष, विपक्ष र एमिकस क्युरीका रुपमा चयन भएका कानुन व्यवसायीलाई आग्रह गरेका छन्। उनले फागुन ११ गतेदेखि यो मुद्दा हेर्दाहेर्दैमा हुने बताए।
पुस ५ गते प्रतिनिधिसभा विघटनपछि परेका एक दर्जन मुद्दामा सर्वोच्चको संवैधानिक इजलास सुनुवाइ जारी छ।