राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा रौतहटका राजेश झालाई प्रदेश नं २ का प्रदेश प्रमुखमा नियुक्त गरेकी छिन्।
नेपालको संविधानको धारा १६३ उपधारा (२)बमोजिम नेपाल सरकारको सिफारिशमा उनलाई आज प्रदेश प्रमुखमा नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले विज्ञप्तिमार्फत जानकारी दिएका हुन्।
यसअघि राष्ट्रपतिले नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरेकी थिइन्।