नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले केन्द्रीय सदस्यहरूलाई ‘जुनसुकै बेला जस्तोसुकै’ निर्णय लिनुपर्ने भएकाले तयार रहन निर्देशन दिएको छ।
शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कमिटीको अनौपचारिक बैठकमा नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले केन्द्रीय सदस्यहरूलाई तयार रहन निर्देशन दिएका हुन्।
शुक्रबार दुई घण्टा चलेको बैठकमा प्रचण्ड र नेपालले धारणा राख्दै आन्दोलनलाई जनसमर्थन प्राप्त रहेको र परिस्थिति केही प्रतिकुल हुन सक्ने देखिएको निष्कर्ष सुनाएका छन्।
‘अध्यक्षद्वय कामरेड प्रचण्ड र कामरेड माधवकुमार नेपालले जुनसुकै बेला जस्तोसुकै निर्णय लिनुपर्ने हुन्छ, तयार रहनु होस् भन्नु भएको छ, यही निर्देशन आजको बैठकको मुख्य विषय हो,’ एक नेताले भने।