पूर्वमन्त्री तथा नेकपाका नेता शेरबहादुर तामाङ र प्रदेश १ की सांसद उषाकला राई केपी शर्मा ओली समूहमा फर्किएका छन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई समूहमा विभाजित भएपछि शुरुमा तामाङ दम्पती ओली समूहका बैठकमा सहभागी भए पनि केही दिनमै प्रचण्ड–नेपाल समूहमा फर्किएका थिए।
हाल फेरि प्रचण्ड–नेपाल समूहबाट दुवैजना ओली समूहमा फर्किको बताइएको छ। प्रचण्ड– नेपाल समूहमा सही व्यवस्थापन हुने नदेखिएपछि उनीहरु ओली समूहममा फर्किएका हुन्।
सिन्धुपाल्चोक–२ बाट निर्वाचित तामाङ नेकपाको केन्द्रीय सदस्य हुन्। पत्नी उषाकला राई प्रदेशसभा सदस्य हुन्। उनलाई ओली समूहले यसअघि केन्द्रीय सदस्य बनाएको छ।