नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सरकारले आह्वान गरेको वार्तालाई सकारात्मक रुपमा लिएको बताएको छ।
नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले विज्ञप्ति जारी गरेर क्रान्ति अग्रगामी रुपान्तरणका लागि वार्तामा बस्न तयार रहेको बताएका हुन्।
चन्दले वार्ता आह्वानलाई क्रान्ति अग्रगामी रुपान्तरण र जनसमुदायको हित र अधिकार लागि गरिएको सचेत पहल भएको बताएका हुन्।
‘यस प्रक्रियामा आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा हाम्रो पार्टी सरकारसँग सम्वाद र वार्ताका लागि सकारात्मक रहेको जानकारी गराउँदैछौं,’ विप्लवले भनेका छन्।