नेकपा स्थायी कमिटी सदस्य एवं गृहमन्त्री रामबहादुर थापाले निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नलाई छिट्टै पक्राउ पर्ने दावी गरेको छन्।
नेकपाको ओली समूहले शनिबार विराटनगरमा गरेको आमसभालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले निर्मला पन्तको बलात्कार र हत्यामा संलग्नलाई पनि पक्राउ गरिने बताएका हुन्।
भागरथी भट्टको बलात्कारपछि हत्या गर्नेलाई संलग्नलाई कारबाही गरी छाड्ने प्रधानमन्त्री केपी शर्मा ओलीको उद्घोष कार्यान्वयन गरिएको थापाको धारणा थियो।
‘निर्मला पन्तको बलात्कारी पनि कानूनको पञ्जा नजिक आइसकेको छ, छिट्टै कानूनी कठघरामा उभ्याउने छौं,’ थापाले भने।