पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई आज भारतको राजधानी नयाँदिल्ली प्रस्थान गरेका छन्। भट्टराई स्वास्थ्य उपचारका लागि नेपाल वायुसेवाको विमानस्थलबाट नयाँदिल्ली गएका हुन्।
लामो समयदेखि काठमाडौंको निदान अस्पतालमा उपचार गराउँदै आएका भट्टराई पेटसम्बन्धी समस्याबाट ग्रसित छन्। उनको त्यहाँ ‘इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेस’मा उपचार हुने सचिवालयले जनाएको छ ।
अहिले चिकित्सकहरुले न्युरो–इन्डोक्राइनको ट्युमर भएको आशंका गरेकाले डा. भट्टराई उपचारका लागि नयाँदिल्ली गएका हुन्।