स्वतन्त्र शैक्षिक परामर्श संघ, नेपाल (फेकन) को अध्यक्षमा बासुदेव नेपाल निर्वाचित भएका छन्। शनिबार काठमाडौंमा सम्पन्न निर्वाचनमा अध्यक्षका प्रत्याशी भुपाल तामाङलाई पराजित गर्दै नेपाल नयाँ कार्यकालका लागि निर्वाचित भएका हुन्।
फेकनको १०औं साधारणसभाबाट उपाध्यक्षमा प्रज्ज्वल बस्नेत र हेमन्तराज दुलाल निर्वाचित भएका छन्। त्यसैगरी, महासचिव पदमा राजु निरौला निर्वाचित भएका छन्।
सचिव पदमा उमेश कुशवार र छविन्द्र ओझा (छवि) विजयी भएका छन्। कोषाध्यक्ष पदमा अनिल शर्मा पौडेल निर्वाचित भएका छन्।
सदस्य पदमा दीपा लामिछाने, इन्द्रजीत गौतम, रेश्मा राजथला थापा, दिनेश न्यौपाने, सविन खड्का र सुदेश पोखरेल विजयी भएका छन्।
‘सबैको साझा फेकन’
नवनिर्वाचित अध्यक्ष नेपालले निर्वाचन परिणामपछि फेकन एकताबद्ध भएका बताएका छन्। नेपालले सबैलाई मिलाएर साझा संस्थाको रुपमा फेकनलाई अघि बढाउने बताएका हुन्।
त्यसैगरी, महासचिव राजु निरौलाले मिश्रित परिणाम आएसँगै फेकनको नयाँ नेतृत्वलाई अझै चुनौती थपिएको बताए। सम्पूर्ण व्यवसायीलाई एकताबद्ध बनाएर फेकनको नयाँ नेतृत्व अघि बढ्ने निरौलाले प्रष्ट पारेका छन्।