स्पेनिस ला लिगा फुटबलको उपाधि दौडमा केही समयअघिसम्म एथ्लेटिको मड्रिडले फराकिलो अग्रता बनाएको थियो। तालिकाको शीर्षस्थानमा रहेको एथ्लेटिकोले पछिल्लो खेलहरुमा आफ्नो शानदार लयलाई निरन्तरता दिन नसक्दा उपाधि दौड रोचक बन्दै गएको छ।
पछिल्लो दुई खेलमा एथ्लेटिको मड्रिडले सामान्य प्रदर्शनका कारण रियल मड्रिड र बार्सिलोना पनि उपाधि दौडमा फर्किएको संकेत गरेको छ। गय राति भएको खेलमा लेभान्टेसँग २–० गोलले पराजित भएको एथ्लेटिकोले त्योभन्दा अघिल्लो खेलमा लेभान्टेसँग १–१ गोलको बराबरी खेलेको थियो।
हाल पनि एथ्लेटिको मड्रिड ला लिगाको शीर्षस्थानमा छ। २३ खेलमध्ये १७ खेलमा जीत, ४ खेलमा बराबरी र २ खेलमा पराजित भएको एथ्लेटिको ५५ अंकको साथ शीर्षस्थानमा छ। दोस्रो स्थानको रियल मड्रिले २४ खेलमा ५२ अंक जोडेको छ। बार्सिलोना २२ खेलबाट ४६ अंकको साथ तेस्रो स्थानमा छ।
लिगमा एथ्लेटिको मड्रिडले १५ खेल खेल्न बाँकि छ। रियलले १४ र बार्सिलोनाले १६ खेल खेल्न बाँछि छ। यदि बार्सिलोना र रियलले बाँकि खेलहरुमा शतप्रतिशत जीत निकाल्दै अघि बढेमा एथ्लेटिको मड्रिडलाई अवश्य पनि दबाब महशुस हुनेछ। दबाबमा खेलिने खेलहरुको नजिता उल्टिन सक्छ।
एथ्लेटिकोले बाँकि खेलहरुमा उच्च लय कायम गर्न नसक्ने हो भने र रियल तथा बार्सिलोनाले बाँकि खेलमा उच्च खेल प्रदर्शन गर्न सकेमा ला लिगाको उपाधि दौड अन्तिम समयसम्म पनि चलिरहने छ। तर, एथ्लेटिकोले शानदार प्रदर्शनलाई निरन्तरता दिएमा उपाधि कब्जा गर्नेछ।