प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार बसेको प्रदेश १ को प्रदेशसभा बैठक राईविरुद्ध अविश्वासको प्रस्ताव पेश भएसँगै स्थगित भएको छ।
नेकपा ओली समूहका सांसदहरु बैठकमा उपस्थित भएका थिएनन्। मुख्यमन्त्री राईले पनि हाल अविश्वासको प्रस्तावमा छलफल अघि बढाउन नमिल्ने भन्दै सभामुख प्रदीपकुमार भण्डारीलाई बैठक स्थगित गर्न आग्रह गरेका थिए।
राईविरुद्ध प्रचण्ड–माधव समूहले १२ पुसमा अविश्वासको प्रस्ताव दर्ता गरेको थियो। तर,ओली समूहले नेकपा राजनीतिक रुपमा फुटे पनि कानूनी रुपमा नफुटेको भन्दै उक्त प्रस्तावमा असन्तुष्टि व्यक्ति गरेको थियो। अविश्वास प्रस्ताव पेश भएपछि सभामुख भण्डारीले बैठक स्थगित गरेका हुन्।