स्पेनिस ला लिगा फुटबलअन्तर्गत आइतबार भएको खेलमा काडिज र बार्सिालेनाले बराबरी खेलेका छन्। बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा दुबै टोलीले एक–एक गोलको बराबरी खेलेका हुन्।
दुबै टोलीले पेनाल्टीमार्फत गोल गरेका थिए। बार्सिलोनाको लागि लियोनल मेसीले खेलको ३२ औं पेनाल्टीमार्फत गोल गरेका थिए। खेलको शुरुवातदेखि काडिजलाई दबाबमा राखेको बार्सिलोनाले गोलको लागि पेनाल्टी कुर्नुपरेको थियो। डी बक्समा काडिजका खेलाडीले पेड्रीलाई लडाएपछि ३२ औं मिनेटमा बार्सिलोनाले पेनाल्टी पाएको थियो। पेनाल्टीमा गोल गर्दै मेसीले टोलीलाई अग्रता दिलाएका थिए। त्यसपछि बार्सिलोनाले लगातार प्रयास गरे पनि गोल गर्न सकेन।
खेलको दोस्रो हाफमा पनि बार्सिलोनाले धेरै अवसरहरु सिर्जना गरेको थियो तर गोल गर्न सकेन। खेलको ८८ औं मिनेटमा बार्सिलोनाका लेङ्ग्लेटले काडिजका खेलाडीलाई डि बक्समा फल गरेपछि काडिजले पेनाल्टी पाएको थियो। पेनाल्टीमा अलेक्स फर्नान्डेजले गोल गर्दै पाहुना टोलीलाई खेलमा फर्काए। त्यसपछि थप गोल नहुँदा खेल बराबरीमा सकियो।
बराबरीसँगै बार्सिलोना २३ खेलबाट ४७ अंक बटुल्दै तालिकोको तेस्रो स्थानमा छ। २४ खेलको खेलको रियल मड्रिड ५२ अंकका साथ दोस्रो स्थानमा रहँदा एथ्लेटिको मड्रिड २३ खेलबाट ५५ अंकका साथ शीर्षस्थानमा छ। पछिल्लो समय एथ्लेटिको मड्रिडले उच्च लयलाई निरन्तरता दिन सकेको छैन। पछिल्लो ५ खेलमध्ये २ मा जीत, २ बराबरी र एक खेलमा हार बेहोरेको एथ्लेसटको तेस्रो स्थानकाने बार्सिलोनाभन्दा ८ अंककले मात्र अगाडि रहेको छ।