प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बाँस्तोलालाई पक्राउ गरेको छ। सर्वोच्च अदालतले छाड्ने आदेश दिए पनि उनलाई प्रहरीले अदालतको गेटबाटै पक्राउ गरेको हो।
बन्दीप्रत्यक्षीकरणको निवेदनको सुनुवाइमा उनलाई छाड्ने आदेश दिए पनि बाहिर निस्कने बित्तिकै प्रहरीले पक्राउ गरेको हो। न्यायाधीशद्वय मीरा खड्का र सुष्मालता माथेमाको संयुक्त इजलासले बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै बाँस्तोलालाई फरक आस्था र विचार राखेका कारण थुनामा राख्न न्यायिक दृष्टिकोणबाट उचित नदेखिएको भन्दै गैरकानूनी थुनाबाट मुक्त गरिदिन केही बेरअघि मात्रै आदेश दिएको थियो।
बाँस्तोलालाई रिहा गर्न माग गर्दै अनिमा वाँस्तोला भण्डारीले माघ २८ गते दायर गरेको बन्दीप्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाई गर्दै तत्काल छाड्न आदेश दिएको थियो।