इटालियन सिरी ए फुटबलमा युभेन्टसले सोमबार राति क्रोटोनको सामना गर्दैछ। खेल नेपाली समयअनुसार राति १ः३० बजे शुरु हुनेछ।
घरेलु मैदानमा हुने खेलमा क्रोटोनलाई पराजित गर्दै युभेन्टस अंक तालिकाकाे तेस्राे स्थानमा उक्लने लक्ष्यमा छ। उपाधि दौडमा छलाङ मार्नको लागि युभेन्टसलाई उक्त खेल जित्नैपर्ने दबाब छ। हाल इन्टर मिलान २३ खेलबाट ५३ अंक जोड्दै तालिकाको शीर्षस्थानमा छ।
समान खेलबाट ४९ अंकका साथ एसी मिलान दोस्रो स्थानमा छ। युभेन्टस २१ खेलबाट ४२ अंक बटुल्दै तालिकाको छैटौं स्थानमा छ। सोमबार रातिको खेल जितेमा युभेन्टस ४५ अंकको साथ तेस्रो स्थानमा उक्लिने छ। विजयी भएमा युभेन्टस एक खेल हातमा रहँदा दोस्रो स्थानको एसी मिलानभन्दा ४ अंकले मात्र पछि रहनेछ।