प्रहरीले बालक अपहरणको आरोपमा दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कुलदीप यादव र भरोसी यादव रहेका छन्। कुलदीपले आफ्ना दाजुसँगको रिसीबीका कारण भतिजोको अपहरण गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
२ वर्षीय बालक गत माघ २० गते सिराहाबाट अपहरित भएका थिए। सिराहा सदरमुकाम सिराहा नगरपालिका–१ डुम्बाखाता बस्ने प्रदीप यादवका २ वर्षीय छोरा प्रियांसु गत माघ २० गते आफ्नै घरबाट हराएका थिए।
बालक हराएको खबर पाएलगत्तै अनुसन्धानमा खटिएको प्रहरीले भारतको बिहार राज्य अन्तर्गत मधुवनी जिल्लाको खाजेडी भन्ने स्थानबाट बालकको सकुशल उद्धार गरेको छ। अनुसन्धानको क्रममा बालककको अपहरणमा उनकै काका संलग्न रहेको खुलेपछि प्रहरीले काकासहित दुई जनालाई नियन्त्रणमा लिएको हो।