पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई अस्पताल भर्ना भएका छन्। भट्टराईलाई नयाँदिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा मंगलबार बिहान ९ बजेदे भर्ना गरिएकाे हाे।
आज दिनभर भट्टराईलाई अस्पतालमा राखी आवश्यक सबै परीक्षण गरिने उनका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले जानकारी दिए।