अर्जेन्टिनाका फरवार्ड लियोनल मेसी र पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो वर्तमान फुटबलका दुई महान् हस्तीहरु हुन्। स्पेनिस क्लब बार्सिलोनाकबाट खेलिरहेका मेसी र इटालियन क्लब युभेन्टसबाट फुटबल खेलिरहेका रोनाल्डोले करिब दुई दशकदेखि आफ्नो खेल कौशलबाट फुटबलप्रेमीहरुलाई मनोरञ्जन दिँदै आएका छन्।
मेसी र रोनाल्डोबीचकाे प्रतिद्वन्द्व विश्व फुटबलको सबैभन्दा प्रतिस्पर्धात्मक प्रतिद्वन्द्व हो। फुटबल इतिहासमा यो जाडी सबैभन्दा धेरै तुलना हुने जोडीमा पर्छ। यहाँ हामी मेसी र रोनाल्डोमध्ये को हुन् फ्रिकिक किङ भन्नेबारे चर्चा गर्दैछौं।
आफ्नो फुटबल करियरमा रोनाल्डोले ५६ गोल फ्रिकिकमार्फत गरेका छन्। मेसीले ५५ फ्रिकिकलाई गोलमा परिणत गरेका छन्। रोनाल्डोले प्रत्येक १८.७ खेलमा एक फ्रिकिक गोल गरेका छन्। मेसीले प्रत्येक १६.४ खेलमा एक फ्रिकिक गोल गरेका छन्।
रोनाल्डोले अन्तर्राष्ट्रिय खेलमा १० फ्रिकिक गोल र मेसीले ६ फ्रिकिक गोल गरेका छन्। संख्यात्मकरुपमा रोनाल्डोको फ्रिकिक गोल बढी छ भने फ्रिकिक गोलका लागि लागेको खेललाई हेर्दा मेसी अगाडि छन्।