सर्वोच्च अदालतले संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीलाई निर्णयलाई बदर गरेको छ। यससँगै विभिन्न पार्टीका नेताहरुले प्रधानमन्त्री ओलीको राजीनामा माग गरेका छन्।
नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने बताएका छन्। संसद पुनःथापना गर्ने फैसला आएसँगै उनले संविधान मिच्ने प्रधानमन्त्रीलाई अब पदमा बस्ने अधिकार नभएको बताएका छन्।
त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेता नारायणकाजी श्रेष्ठले सर्वोच्चले लोकतन्त्र र संविधानको रक्षा गरेको प्रतिक्रिया दिएका छन्।
श्रेष्ठले प्रधानमन्त्री ओलीलाई पदमा बस्ने नैतिक अधिकार नभएकाले अब उनले राजीनामा दिनुपर्ने बताएका छन्। पूर्व सभामुख अदालतको निर्णय स्वागतयोग्य भएको प्रतिक्रिया दिएका छन्।