नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलाको स्वागत गरेका छन्।
सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापनाको फैसला सुनाएलगत्तै पूर्वप्रधानमन्त्री प्रचण्डले अदालतको फैसलाले नेपाली जनताको जीत भएको प्रतिक्रिया दिएका हुन्।
यसैबीच, प्रचण्डले मुलुकमा संकटकाल लागे एक महिनामा नै फिर्ता हुने बताएका छन्। सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गरेमा केपी ओली नेतृत्वको सरकारले संकटकाल लगाउने चर्चा चलेको सन्दर्भमा प्रचण्डले संकटकाल नलाग्ने र लागे पनि एक महिनामै फिर्ता हुने बताएका हुन्।