नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता माधवकुमार नेपाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता हुने भएको छ। संसद् पुनःस्थापना भएपछि तीन नेताहरुबीच छलफल हुन लागेको छ।
संसद् विघटन गर्ने प्रधानमन्त्री ओलीको निर्णय सर्वोच्चले बदर गरेसँगै चितवनमा तय गरिएको प्रचण्ड नेपाल समूहको विरोध सभा विजयोत्सवमा परिणत गरिएको थियो। उक्त सभालाई सम्बोधन गर्न चितवन पुगेका प्रचण्ड र नेपाल सभालाई सम्बोधन नै नगरी काठमाडौं फर्किसकेका छन्।
एकाएक राजनीतिक माहोल फेरिएसँगै हुने भनिएको यस भेटलाई विशेष चासोका साथ हेरिएको छ। भेटमा नेताहरुबीच समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ।