नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालपक्षले स्थायी कमिटी बैठक बोलाएको छ। सो समूहले काठमाडौंमा रहेका स्थायी कमिटी सदस्यहरुलाई बैठकका लागि दिउँसो २ बजे पेरिसडाँडा बोलाएको हो।
त्यस्तै, प्रचण्ड–नेपाल समूहले चार बजे संसदीय दलको बैठक आह्वान गरेको छ। त्यस्तै प्रचण्ड–नेपालले बुधबार नै कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्ने तयारी गरेका छन्।