नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रधानमन्त्री केपी शर्मा ओलीमा नैतिकता भए तत्काल राजीनामा दिनुपर्ने बताएका छन्। काठमाडौंमा आयोजित विचार गोष्ठीमा बोल्दै निधिले प्रधानमन्त्रीमा नैतिकता छ भने पदमा बसिरहन नमिल्ने बताएका हुन्।
संसद् विघटनको निर्णय बदर भएपछि प्रधानमन्त्री ओलीले पदमा बस्ने नैतिक अधिकार गुमाएको उनको तर्क छ। नेपाल कम्युनिष्ट पार्टीमा दुई समूहबीच विवाद रहेकाले आधिकारीक पार्टी कुन हो भनेर पनि प्रष्ट हुनुपर्ने धारणा उपसभापति निधिले व्यक्त गरेका छन्।