प्रधानमन्त्री केपी शर्मा ओलीले के जितेर पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले लड्डु खाएको हो आफूलाई थाहा नभएको बताएका छन्। संसद् पुनर्स्थापनापछि पहिलोपटक बोलेका उनले सर्वोच्च अदालतको फैसला सामान्य भएको पनि बताएका छन्।
‘मेरा केही भाइहरुले लडुड् खुवाएछन्। खुसी भएर, जित्यौं हामीले भनेर,’ प्रचण्ड नेपाललाई व्यङ्ग्य गर्दै प्रधानमन्त्री ओलीले भने, ‘ के जिते मलाई थाहा छैन, के पाउँछन् अब हेर्नुछ।’ उनले केही दिनदेखि प्रचण्ड–नेपालहरुले आफ्नो राजीनामा माग्न थाल्ने बताए।