स्पेनिस ला लिगा फुटबलमा बुधबार राति भएको खेलमा बार्सिलोनाले एल्चेलाई ३–० गोलले पराजित गरेको छ। बार्सिलोनका लागि कप्तान लियोनल मेसीले २ गोल र जोर्डी अल्बाले एक गोल गरे।
पहिलो हाफमा गोल गर्न असमर्थ रहेको बार्सिलोनाले ३ गोल नै दोस्रो हाफमा गरेको थियो। एल्चेविरुद्ध शानदार प्रदर्शन गरेका मेसी हाल ला लिगाको सर्वाधिक गोलकर्ताको शीर्षस्थानमा पुगेका छन्। ला लिगाको जारी सिजन २२ खेल खेलेका मेसीले १८ गोल गरिसकेका छन्। उनले ५ गोलका लागि असिस्ट पनि गरेका छन्।
सर्वाधिक गोलकर्ताको दोस्रो स्थानमा एथ्लेटिको मड्रिडका स्ट्राइकर लुइस सुआरेज छन्। २० खेल खेलेका सुआरेजले यस सिजन १६ गोल गरेका छन्। बार्सिलोनाबाट निकालिएका सुआरेजले एथ्लेटिको मड्रिडलाई खेलहरु जिताउन निर्णायक गोलहरु पनि गरेका छन्। ला लिगाको सर्वाधिक गोलकर्ता बन्न मेसी र सुआरेजबीच नै प्रतिस्पर्धा हुने देखिन्छ।