संसद् पुनर्स्थापना भएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्ष विभिन्न दलहरुसँगको छलफलमा जुटेको छ।
सर्वोच्च अदालतले संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय बदर गरेपछि प्रचण्ड–नेपाल समूह सरकार गठनमा जुट्ने कसरत गरिरहेको छ।
बुधबार प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका प्रचण्ड–नेपालले बिहीबार बिहान जनता समाजवादी पार्टी (जसपा)का नेताहरुसँग भेटवार्ता गरेका छन्।
भेटमा प्रचण्ड–नेपाल समूहले जसपालाई मिलेर अघि बढ्ने प्रस्ताव राखेको छ। प्रतिगमनविरुद्ध लडेका शक्तिहरु मिलेर जाने विषयमा छलफल भएको बताइएको छ।