नेपाली राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा ग्यारी फिलिप्स नियुक्त भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार फिलिप्सलाई महिला टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरिएको जानकारी दिएको छ।
फिलिप्सले नेपाली महिला फुटबल टोलीले एएफसी एसियन कप छनोट र साफ च्याम्पियनसिप खेल्ने समयसम्म टोलीको जिम्मेवारी सम्हाल्नेछन्। यस अघि फिलिप्सले प्राविधिक निर्देशकको भूमिकामा काम गरिरहेका थिए।
नेपालमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को फाइनलमा भारतसँग पराजित भएपछि मुख्य प्रशिक्षक हरि खड्काले पदबाट राजीनामा दिएका थिए। त्यसयता महिला टोली प्रशिक्षकविहीन बनेको थियो।