नेपालको राजनीतिक घटनाक्रमलाई लक्षित गर्दै भारतीय जनता पार्टी (भाजपा) का एक नेताले प्रतिक्रिया दिएका छन्। भारतको सत्ताधारी दल भाजपाका नेता सुब्रमनियन स्वामीले नेपालका प्रधानमन्त्री केपी शर्मा ओली न घर न घाटको भएको बताएका छन्।
उनले ट्विटरमार्फत् नेपाल छिट्टै प्रताजन्त्रमा फर्किने र संयुक्त सरकार बनाउने उल्लेख गर्दै नेपालमा चिनियाँ प्रभावका कारण ओलीको यस्तो अवस्था भएको बताए।
यसबाट पाठ सिकेर भारतले चिनियाँ प्रभावविरुद्ध लड्न सिक्नुपर्ने बताएका स्वामीको धारणा छ। नेपालमा ओलीको कदम उल्टिएसँगै अब चिनियाँहरुको लागि भूमिका हुने बताउँदै उनले अब सन्तुलन कायम गर्नको लागि भारतले निपुण कदम चाल्नुपर्ने बताएका छन्।
‘सम्भवतः नेपाल चाँडै लोकतन्त्रमा फर्किने छ र गठबन्धनको सरकार बनाउने छ। ओलीको अवस्था ‘घरको न घाटको’ बनेदेखि भारतले चिनियाँ प्रभावविरुद्ध लड्न सिक्नुपर्छ,’ उनी ट्विटरमा लेख्छन्, ‘अब चिनियाँको भूमिका हुनेछ। त्यसैले सन्तुलन कायम राख्न भारतले राजनैतिक कदम चाल्नु पर्दछ।’