बिहीबार बसेको नेपाली कांग्रेसको पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवादको अन्तिम टुंगो नलाग्दासम्म कुनै पक्षसँग सहकार्य नगर्ने निर्णय गरेको छ। नेकपा औपचारीकरुपमा नफुटेसम्म कांग्रेसले कुनै पनि पक्षसँग सहकार्य नगर्ने भएको हो।
सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको बैठकमा देउवाले नेकपा प्रचण्ड–नेपाल समूह र ओली समूह दुबैबाट सहकार्यको प्रस्ताव आएको जानकारी गराएका थिए।
नेकपाको विवाद अन्तिम टुंगो नलागेसम्म कांग्रेस कसैको पक्ष वा विपक्षमा नउभिने एक नेताले जानकारी दिए। जनताले पनि प्रतिपक्षमा बस्ने म्याण्डेट दिएको भन्दै नेताहरुले सरकारमा जान हतार गर्न नहुने बताएका थिए। कांग्रेसले सरकारमा जान हतारो गर्नु नहुने शीर्ष नेताहरुको धारणा थियो।