नेपाली कांग्रेसका नेता एंव पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ। स्वास्थ्यमा समस्या देखिएपछि जोशीलाई गएराति वीर अस्पताल लगिएको थियो।
लगातार उपचाररत जोशीलाई आज बिहान थप उपचारका लागि नर्भिक अस्पतालमा भर्ना गरिएको जोशीको पारिवारिक स्रोतले जानकारी दिएको छ।
जाेशीकाे स्वकीय सचिव सुशान्त आचार्यका अनुसार चिकित्सककाे निगरानीमा उनकाे उपचार भइरहेकाे छ।