गृह मन्त्रालयले सहसचिव र उपसचिव गरी ५२ जनाको सरुवा र पदस्पथापन गरेको छ। मन्त्रालयका अनुसार ३६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हेरफेर भएका छन्।
केही जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी फेरिएका छन्। शुक्रबार गृहमन्त्री रामबहादुर थापाले मन्त्रीस्तरीय निर्णयबाट सिन्धुली, बागलुङ, गोरखा, सिन्धुपाल्चोक, सुनसरी, कास्की, इलाम, सल्यान, कैलाली, उदयपुर, दैलेख, चितवन, सर्लाही, दाङ, महोत्तरी, सप्तरी, ओखलढुंगालगायतका जिल्लाका प्रमुख जिल्ला अधिकारी सरुवा गरेका हुन्।
सूची हेर्नकाे लागि यहाँ क्लिक गर्नुहाेस्