नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र उपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ। ओलीलाई भेट्न बामदेव गौतम प्रधानमन्त्री निवास बालुवाटार गएका थिए।
भेटमा नेता गाैतमले ओलीलाई पार्टीको एकता जोगाउनका लागि भूमिका खेल्न आग्रह गरेको बताइएको छ। नेकपा राष्ट्रिय एकता अभियान शुरु गरेका गौतम नेकपाभित्र तटस्थ छन्। उनले बिहीबार नेकपाका प्रचण्ड–नेपाल पक्षसँग पनि कुराकानी गरेका थिए। दुबै समूहका शीर्ष नेतालाई गौतमले पार्टीलाई एक बनाउने गरी आगामी निर्णय गर्न आग्रह गरेका हुन्।
लामो समयसम्म आन्तरिक विवादमा फसेको नेकपा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गर्ने निर्णय गरेसँगै राजनीतिकरुपमा विभाजित भएको थियो। तर, सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गर्ने फैसला सुनाएपछि नेपालकाे राजनितिक माहाेल फेरिएकाे छ।