सरकारले प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ। मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरेको हो।
यससँगै सरकारले सर्वोच्च अदालतको आदेश कार्यान्वयन पनि गरेको छ। सर्वोच्च अदालतले फागुन ११ गते संसद् विघटन गर्ने ओलीको निर्णय बदर गरिदिएको छ।
साथै १३ दिनभित्र संसद् अधिवेशन बोलाउन परामादेश जारी गरेको छ। सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले संसद् अधिवेशन आह्वान गर्नेछिन्। यससँगै ओलीमाथिको अविश्वासको प्रस्ताव अघि बढ्ने छ।